
श्रावण ८, २०७९/भक्तपुर-
भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बस र स्कुटरमाथी रुख खस्दा १२ जना घाइते भएको भक्तपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु पाण्डे ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा, सर्लाही हरिवन-४ निवासी स्कुटर चालक राजकुमार भुजेल र चागुनारायण-२ भक्तपुरका ५५ वर्षीय मुत्सेराम बखत रहेका छन । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाइते भएका १२ जनाको भक्तपुर ईन्टरनेश्नल होस्पिटल र भइरहेको छ ।