श्रावण ९, २०७९/काठमाडौं-
पर्यटन क्षेत्रमा आबद्ध महिला पर्यटन व्यवसायीहरुको संगठन महिला पर्यटन व्यवसायी सन्जाल गठन भएको छ ।
राजधानीमा पुर्व पर्यटन राज्य मन्त्री यान्किला शेर्पाको प्रमुख आतिथ्यमा आयोजित भेलाले निर्मला धमलाको नेतृत्वमा एघार सदस्यीय कर्यसमिती चयन गरेको हो । सन्जालको उपाध्यक्षमा जया बराल र लिमा शेर्पा रहेका छन । यसैगरी महासचिवमा शर्मिला काफ्ले र सचिवमा एन्जिला खडकाले जिम्मेवारी बहन गरेका छन । कोषाध्यक्षमा शकुन्तला देवकोटा र सहकोषाध्यक्षमा स्विटी मानन्धर रहेका छन । साथै सदस्यहरुमा अनुपा अधिकारी, शुषमा तामाङ, लक्ष्मी कार्की र सुनिता गुरुङ चयन भएका छन ।
‘पर्यटन व्यवसायमा महिलाहरुको न्यून उपस्थिति छ र यसलाई एउटा चुनौतीको रुपमा लिदै हामीले गत चार बर्षको मिहेनतले यसलाई साकार रुप दिन सफल भएका हौं, ‘ अध्यक्ष धमलाले बतायिन ।
‘न्यून उपस्थिति भए पनि, अग्रज महिला पर्यटन व्यवसायीहरुलाई भेटेर उहाँहरुको अनुभव लिने र सफल स्थलहरुको भ्रमण तथा अवलोकन गर्ने योजना रहेको छ, ‘ उनले जानकारी गरायिन ।
यसैगरी नवआगन्तुकहरुलाई प्रोत्साहन गर्ने र पर्यटन क्षेत्रमा प्रवेश गर्न चाहने महिलाहरुलाई उनीहरुको दक्षता र रुचि अनुसार तालिम र वृत्ति बिकास गराउने लक्ष्य समेत रहेको छ ।