निवर्तमान अर्थ मन्त्री शर्मा बिरुद्ध कुनै पनि प्रमाण भेटिएन: छानबिन समिती

अर्थ राजनीति समाचार

श्रावण १३, २०७९/काठमाडौं-

बजेट निर्माणमा अनधिकृत ब्यक्ति समलग्न गराएको आरोप खेपी रहेका निवर्तमान अर्थ मन्त्री जनार्दन शर्मा निर्दोष साबित भएका छन । सो बिषय छानबिन गर्न गठित विशेष संसदीय समितिले १७ दिन अनुसन्धान गरी पेश गरेको प्रतिवेदनमा मन्त्री शर्मा विरुद्ध कुनै प्रमाण न भेटिए पछि सो निश्कर्श निकालेको हो ।

शुक्रबार आजै समितिले सभामुखलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ । जेठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने अन्नपूर्ण पोस्टमा छापिएको समाचारका कारणले सदनमा प्रतिपक्षले गरेपछि २२ असारमा छानबिन समिति गठन गरेको थियो ।समितिले सुरूमा १० दिनको समय पाए पनि अनुसन्धान न सकिएको भन्दै ७ दिन थप्न लगाएको थियो जुन आज सकिदै छ ।

यसबीचमा समितिले अर्थमन्त्रालयका सचिव, महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, राजश्व विभागका महानिर्देशक लगायतसँग बयान लिएको थियो । यस्तै, समितिले अर्थमन्त्री शर्मासँग पनि साढे ३ घन्टा लामो बयान लिएको थियो ।

साथै सीसीटीभी फुटेज रिकभर गरी जाँच गरिएको हो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई प्रवेश गेटको सीसीटीभी फुटेज समेत झिकाएको थियो । कुनै पनि प्रमाण न भेटिए पछि समितिले निवर्तमान अर्थ मन्त्रीलाई सफाई दिएको हो ।