
श्रावण २४,२०७९/काठमाडौं-
सरकारले अधिकृत देखिमाथिको बढाएको बिषयमा सोमबार पेन डाउन गरेका सिंहदरबारका नायब सुब्बा (नासु) हरू मंगलबार बिदामा बसेका छन । रुष्ट नासुहरुको आन्दोलनमा रोकिएको छैन ।
यसैबिच अर्थ मन्त्री जनार्दन शर्माले तलब वृद्धिमा पुर्व निर्णयनै लागू हुने बताएका छन ।
बजेटमा सबै कर्मचारीको १५ प्रतिशत तलब बढाइए पनि फेरि अधिकृत, उपसचिव, सहसचिव र सचिवहरूको तलब १८ देखि २४ प्रतिशतसम्म बढाएपछि तनाव उत्पन्न भएको हो । नायब सुब्बा र खरिददारहरूको १५ प्रतिशत नै कायम रहेको छ ।
नासु तहका कर्मचारीहरुले ठुला तहका कर्मचारीकोमात्रै तलव बढाएको भनेर असन्तुष्टि पोखेपछि अर्थमन्त्रीले पछिल्लो निर्णय कार्यान्वयन नहुने आश्वासन दिएका थिए ।