टान निर्वाचन: कमल सापकोटा नेतृत्वको पक्षमा खुले पर्यटन सम्बद्ध पूर्व अध्यक्षसहित ठूलो समुह

पर्यटन राजनीति समाचार

श्रावण २८, २०७९/काठमाडौं-

आगामी साउन ३० गते हुने ट्रेकिङ्ग एजेन्सिज एशोशिएशन अफ नेपाल ‘टान’को निर्वाचनमा पर्यटन क्षेत्रका पुराना र वरिष्ठ पर्यटन व्यवसायीहरुले रामप्रसाद सापकोटा ‘कमल’ को समुहलाई समर्थन गरेका छन् ।
पर्यटन व्यवसायसम्बद्ध विभिन्न संस्थाका अध्यक्ष तथा पूर्वअध्यक्षहरुले सापकोटाको नेतृत्वमा व्यावसायीक र समावेशी समूह रहेका कारण उनीहरुलाई निर्वाचित गराउन विज्ञप्तिमार्फत अपिल गरेका छन् ।
उनीहरुले सार्वजनिक अपिल गर्दै ‘टानको उद्देश्य प्राप्तिका लागि दृढ, सचेत, अनुभवी र व्यवसायीक क्षमता भएको नेतृत्व आवश्यकता पर्दछ । त्यस्तो नेतृत्वले मात्रै ट्रेकिङ्ग व्यवसायीहरुको समस्या समाधान गर्न सक्दछ । हाल टानले झेलिरहेको विभिन्न समस्याहरुबाट मुक्ति दिलाउनका लागि पनि सक्षम नेतृत्वसहितको टिम आवश्यक छ ।’


उनीहरुको सामुहिक अपिलमा थप भनिएको छ, ‘राज्य र सरकारका निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गरी टानलाई परिस्कृत र व्यवस्थित बनाउनु हामी सबै व्यवसायीहरुको दायित्व हो । हामीले जस्तो नेतृत्व चयन गर्न सक्यौँ हाम्रो संस्था पनि त्यस्तै हुनेछ । तसर्थ वर्तमान समसायिक परिवेशलाई दृष्टिगत गरी यस संस्थाको ४४ औं साधारणसभाले रामप्रसाद सापकोटा कमलको नेतृत्वमा रहेको व्यवसायिक र समावेशी समूहले टानको नेतृत्व लिन सक्ने ठहर गरी उक्त समूहलाई सबै मतदाता सदस्यहरुलले अत्याधिक मत जाहेर गरी यस संस्थाको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन महत्वपूर्ण निवर्णय लिन सम्बन्ध सबैमा अनुरोध र अपिल गर्दछौं ।’
उनीहरुले राम प्रसाद सापकोटा कमलको नेतृत्वमा रहेको समुह व्यवसायीमैत्री र समावेशी रहेको बताएका छन् । यो समुहले कोरोना महामारीपछिको पुर्नरुत्थानका लागि टानको जीवनमा महत्वपूर्ण परिवर्तन गर्न सक्ने उनीहरुको ठहर छ ।
सापकोटाको समूहलाई निर्वाचित गराउन सामूहिक अपिल गर्नेमा पूर्वपर्यटनराज्यमन्त्री तथा टानकी पूर्व अध्यक्ष यांकिला शेर्पा, टानका पूर्वअध्यक्ष जेवी सिंह, प्रतिष्ठित व्यापारीक घराना यति समुहका अध्यक्ष लाक्पा सोनाम शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, नेपाल पर्वतारोहण संघका निर्वतमान अध्यक्ष सन्तवीर लामा , टानका पूर्वअध्यक्ष नवराज दाहाल, टानका पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्य र नेपाल वायुसेवा निगमका पूर्व सञ्चालक समिति सदस्य फुर ग्याल्जेन शेर्पा, स्थापित पर्यटन व्यवसायी तथा टान र पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे, पर्वतीय प्रशिक्षण प्रष्ठिानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पा, टानको पूर्वअध्यक्ष सीताराम सापकोटा, टानका पूर्ववरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्यहरु राजेन्द्र सापकोटा, पम्फा धमला, गणेश सिंखडालगायत रहेका छन् ।
सापकोटा समुहका अनुसार पूर्व पर्यटन राज्यमन्त्री यांकिला शेर्पाले भौतिक रुपमा हस्ताक्षर गर्न नपाएपनि नैतिक समर्थन गरेकी छिन् । त्यस्तै टान, पाटा लगायत संस्थाका पूर्व अध्यक्ष सुमन पाण्डे विरामी परेका कारण भौतिक उपस्थित हुन नसकेपनि नैतिक समर्थन उनको समुहलाई छ । टानका पूर्व अध्यक्ष जिवि सिंहले पनि हस्ताक्षरमा सहभागी नभएपनि नैतिक समर्थन जनाएका छन् । त्यस्तै टानका पूर्व अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाले पनि कमल समुहलाई समर्थन रहेको जनाएका छन् । उनी काठमाडौं बाहिर भएका कारण हस्ताक्षरमा सहभागी हुन नसकेको जनाइएको छ ।