कर्णाली: वीर बहादुर शाही बने नयाँ उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री

राजनीति समाचार

श्रावण २९,२०७९/सुर्खेत-

कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन ।

आइतबार प्रदेश प्रमुख तिलक परियारले डोल्पा घर भएका शाहीलाई सपत खुवाएका हुन भने भर्खरै सो मन्त्रालयबाट छिरिङ डम्डुल लामा ‘कार्चेन’ बाहिरिएका छन ।

मन्त्री शाही नेकपा(माओबादी केन्द्र)बाट प्रदेश सभा सदस्य रहेका छन ।

पुर्व मन्त्री लामा गैरप्रदेश सभा सदस्य भएकोले ६ महिनाको लार्यावधी सकेपछि बिदा भएका छन।

गृह जिल्ला हुम्ला भएका लामा नेकपा(माओवादी केन्द्र)का नेता हुन ।