राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक फिर्ता गरिन

राजनीति समाचार

२९, २०७९/काठमाडौं-

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक संघीय संसदमा पुनर्बिचारका लागि फिर्ता पठाएकि छन् । आइतबार साझ राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै बिधेयक फिर्ता भएको जानकारी गराएको थियो ।

नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले दुबै सदनबाट सो बिधेयक प्रमाणीकरणका लागि श्रावण १५ गते राष्ट्रपति कार्यालय पठाएको थियो ।