टानको अध्यक्षमा बाँस्तोला बिजयी !

पर्यटन राजनीति समाचार

श्रावण ३१, २०७९/काठमाडौं-

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन ।

आइतबार सम्पन्न ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट बास्तोलाले ६१६ मतप्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत हासिल गरेका छन । निर्वाचनमा बाँस्तोलाको प्यानल नै विजयी भएको हो ।

टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित र द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले सफलता हासिल गरेका छन ।

यसैगरी महासचिवमा विनोद सापकोटा बाबु, सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना र सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन ।

महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका छन ।

सदस्य कृष्णबहादुर परियार फरक प्यानलबाट बिजयी भएका हुन ।