माओबादी पदाधिकारी: महासचिवका दाबेदार उपमहासचिवमा !

राजनीति समाचार

भाद्र ४, २०७९/काठमाडौं-

नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन सकिएको ४ महिना पछि बल्ल पदाधिकारी टुंङगाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

माओवादीको आठौं महाधिवेशन गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको थियो ।

स्थायी समिति बैठकले सबैको चासो रहेको ‘महासचिव’ पदमा नेता देव गुरुङलाई चयन गरेको छ । महासचिवका लागि वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’का बीचमा प्रतिस्पर्धा भएपछि गुरुङलाई महासचिवमा अगाडि सारिएको हो ।

माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष चयन गरेको छ ।

यसरी महासचिवका दाबेदार बर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल लगायतका नेताहरु उपमहासचिवमा राकिएका छन ।

तसर्थ पदाधिकारीको सुची यस प्रकार रहेको छ-

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, र हरिबोल गजुरेल

सचिव :  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त