श्रावण ४, २०७९/काठमाडौं-
नेपाली कांग्रेसका चर्चित नेता तथा प्रखर वक्ता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ।
शनिबार राती ९:३६ मा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा गिरिको निधन भएको हो । यहि श्रावण ९ गते उनलाई घाटिको क्यान्सर पुनः बल्झिए पछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । केही समय अघि उनी भारतका विभिन्न अस्पतालमा उपचार गराएर फर्किएका थिए ।
काँग्रेस भित्रका समाजवादी चिन्तक गिरि हाल प्रतिनिधिसभा सदस्य समेत रहेका थिए । राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताएका हुन ।
२०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी कृष्णप्रसाद भट्टराईका नजिक थिए र शेरबहादुर देउवालाई सधै साथ दिए । ब्यक्तिगत जीवन पनि उनको निकै उतारचढावयुक्त रह्यो ।
उनको पार्थिव शरीर ११ बजेसम्म मेडिसिटी अस्पतालमा हुनेछ भने ११:३० देखि २ बजे सम्म कांग्रेस पार्टी कार्यालय सानेपा २ बजे सम्म राखिने छ । त्यसपछि अन्तिम संस्कारका लागि आर्यघाट लगिनेछ ।
प्रतिक्रिया दिनुहोस्