बन्दको प्रभाव सामन्य, बनेपामा ८ जना पक्राउ

राजनीति समाचार

भाद्र ७, २०७९/बनेपा-                                                  नेत्र बिक्रम चन्द ‘बिप्लव’ को नेतृत्वको पार्टी लगायत ४ दलले आयोजना गरेको नेपाल बन्दले सामान्य प्रभाव पारेको छ । काब्रेको बनेपामा भने ८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गाडी चालकहरुले उनिहरुलाई कुटपिट गरि प्रहरीलाई जिम्मा लगाएको थियो । काब्रे प्रहरी प्रमुख एसपी चक्र राज जोशीका अनुसार पक्राउ पर्नेमा कलाकार र विद्यार्थी संगठनका हुन ।                              बन्द सामान्य भएपनि शैक्षिक संस्थानहरु चलेका छैनन । आज बिद्यालयहरुमा भइरहेका परिक्षा प्रभावित भएका छन ।