भाद्र १० देखि १२ सम्म समानुपातिक तर्फ सहभागी हुने दलहरुले निवेदन दिनु पर्ने

राजनीति समाचार

भाद्र ८, २०७९/काठमाडौं-                                            आसन्न निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले यहि भाद्र १० देखि १२ सम्म निर्वाचन कार्यालयमा निवेदन दिनु पर्ने छ । मंसिर ४ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा सभा निर्वाचनमा समानुपातिक निर्वाचनका लागि आयोगले सो सुचना प्रकाशित गरेको हो ।                                          यस अघि सम्पुर्ण निर्वाचन प्रक्रियामा सहभागी बन्न दल दर्ता भइ सकेका छन ।