भाद्र ८, २०७९/काठमाडौं- मेयर बालेनको नेतृत्वमा काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्सको गैरकानुनी निर्माण भएका संरचनामा डोजर लगाएको छ ।
बुधबार बिहान मेयर शाहको नेतृत्वमा नेपाल प्रहरीको टोलि, महानगरपालिकाका कर्मचारी, डोजरसहितका प्राविधिकहरु सो कार्यमा खटिएको थियो ।