नेता प्रदीप गिरिको १३औँ तिथिमा आज देशभर दीप प्रज्वलन गरिने

राजनीति समाचार

भाद्र १६, २०७९/काठमाडौं-                                      नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कांग्रेस नेता प्रदीप गिरिको १३औँ तिथिमा आज देशभर दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

नेविसंघले आफ्ना ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई नेता गिरिको सम्मानमा सो आयोजना गर्न परिपत्र गरेको छ । यसैगरी नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार काठमाडौंमा केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखेको छ ।

सिरहाको वस्तीपुरमा जन्मिएका स्व.गिरिले नेपाली काङ्ग्रेसको राजनिती गरे पनि, आफ्नो जीवन कालमा भने समाजबादी चिन्तकका रुपमा परिचित भए । उनले माक्र्सवादी सामाग्रीको निकै राम्रो अध्ययन गरेका थिए र बामपन्थी बिचारकहरुबिच उनको निकै लोकप्रियता थियो । घाटिको क्यान्सरका कारणले ललितपुरको मेडिसिटि होस्पीटलमा यहि भाद्र ४ गते उनको उपचारको क्रममा निधन भएको थियो ।