२८ भाद्र, २०७९/काठमाडौं- नेकपा माओवादी केन्द्र्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड ‘ ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन । मंगलबार राजधानीको बानेश्वरस्थित रहेको संघीय संसद भवनमा दिउँसो माओवादीका बरिस्ठ नेताहरु सम्हिलित टोलिसंग लीले भेटघाट गरेका हुन । प्रचण्डले नेपाल-चीन बिचको ब्यापार घाटा कम गर्न आग्रह गरेको माओवादी श्रोतले जनाएका छन । यस अघि बिहान चिनिया टोलिले विपक्षी दलका अध्यक्ष केपी ओली र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई भेटेका थिए । सोमबार उनले नेपाल आएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गरेका हुन ।
