३० भाद्र, २०७९/काठमाडौं- काठमाडौं महानगरपालिकाले जय नेपाल सिनेमा हलको कम्पाउन्डमा डोजर लगाएर उत्खनन गरेर टुकुचा खोला भेटाएको छ । बिहीबार महानगरले नक्साको आधारमा खनेर हेर्दा हातिसारस्थित जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला भेटिएको हो । करिब १५ फिट खनेपछि खोला भेटिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन सुचित गरेको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको सो खोला सहरी अतिक्रमणका कारण कैयौं बर्ष देखि हराई रहेको थियो । कतिपय संचार माध्यममा धेरै अघिदेखिनै टुकुचा खोलाको बिषयमा समाचार बन्दै आएको भए पनि मेयर बालेनका पालामा ठाउ ठाउमा उत्खनन् गर्न अदेश भई खोजी भएको हो ।
