अर्थ मन्त्री जनार्दन शर्माको पहलमा कृषि औजार कारखाना पुनः संचालनमा आउने !

अन्तर्वार्ता

                                                                                        असोज ११, २०७९/काठमाडौं-                              अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को पहलमा कृषि औजार कारखाना पुनः संचालनमा आउने भएको छ ।      अर्थ मन्त्रालयले कृषि औजार कारखानालाई संचालन गर्न महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौतामा हस्ताक्षर गरेको छ । बिगत २० वर्ष देखि संचालनमा न आएको कृषि औजार कारखाना अब पुनः सुरु हुने भएको हो । मन्त्री शर्माले नयाँ बजेटमा रुग्ण रहेका कल कारखानालाई संचालनमा ल्याउने घोषणा गर्नु भएको थियोे । “मलाई अचानक चिट्ठा परेको छ,” राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले खुसी हुँदै भने । “मलाई धेरै मन्त्रीहरुले बोलाए तर यसरी ठोस रूपमा काम गर्ने जिम्मा कसैले दिएनन् आज मन्त्री जनार्दन शर्माले दिनु भयो,” उनले थपे । साथै उनले अर्थ मन्त्री शर्मा र नेपाल सरकारले गरेको विश्वास पूरा गर्न उनक टिम प्रतिबद्ध रहेको जनाए ।