एमालेमा गएका माडीका दुई माओबादी नेता पुरानो पार्टीमै फर्किए

राजनीति समाचार

असोज १३, २०७९/चितवन-                                   नेकपा एमालेमा गएका माडीका दुई नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।                माओवादीको बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका छन । उनीहरु ३० भदौमा माओवादीका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहित एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले उनीहरुलाई आफ्नो निवासमा स्वागत गर्दै कुनै अफ्ट्यारो न मानी आसन्न निर्वाचनमा पार्टीलाई बिजयी बनाउन लाग्न निर्देशन दिए ।