असोज १६, २०७९- मनास्लु हिमालको आधार सिबिरमा हिम पहिरो गएको छ । आइतबार बिहान मनास्लु बेसक्याम्पमा गएको हिम पहिरोका कारण मानाविय क्षति भने भएको छैन । “केहि टेण्ट लगायतका पर्वतारोहणमा प्रयोग हुने सामाग्रीहरुमा क्षति भएको खबर छ । कतिपय पर्वतारोही फिर्ता हुनु भयो भने कतिपय उतै हुनु हुन्छ । सामाग्रीहरु बटुल्न पनि समय लाग्छ,” प्रख्यात पर्वतारोही कामी रिता शेर्पाले जानकारी दिए । उनी केही दिन अघि त्यहीँबाट फर्किएका हुन । मनास्लु हिमाल विश्वको आठौं अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर रहेको छ भने यो हिमाल गोर्खा र मनाङ जिल्लामा अवस्थित छ ।
