जनार्दन शर्माले संघका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिए

अन्तर्वार्ता

                                                                                        असोज २३, २०७९/रुकुम पश्चिम-                            अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफ्नो निर्वाचन क्षेत्रबाट आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका छन । आइतबार उनले काठमाडौंबाट आएर शर्माले बिहान दिउँसो करिब १२ बजे जिल्ला सदरमुकाम खलंगास्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन । यसैगरी रुकुम पश्चिम प्रदेश सभा-१ कालागि महेन्द्र केसी र प्रदेश सभा-२ कालागि राजकुमार शर्माकाे उम्मेदवारी दर्ता भएको छ । तिनै जना नेकपा माओवादी केन्द्रका नेता हुन । मङ्सिर ४ हुने निर्वाचनका लागि आज देशै भरीबाट प्रत्यक्ष तर्फ गठबन्धन, विभिन्न राजनीतिक दल तथा स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका छ्न ।