सन्दीप लामिछाने: अदालतले ७ दिन हिरासतमा राख्न अनुमति

खेलकुद समाचार

असोज २४, २०७९/काठमाडौं-                                बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

लामिछानेलाई अनुसन्धान कालागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । १७ वर्षीया किशोरी बलात्कारको आरोपमा भदौ २१ गते उजुरी परे पनि, खेलमा सहभागी हुन जमाइका पुगेका उनी एक महिना सम्म लुकेर बसेका थिए । प्रहरी वृत्त गौशालाले उनलाई सोमबार बिहान अदालतमा उपस्थित गराएको थियो । उनका कानुन व्यवसायी अभिवक्ता सरोज कृष्ण घिमिरेका अनुसार म्याद थपको क्रममा क्रममा सन्दीपले न्यायाधीशसँग भनेक– ‘म निर्दोष छु ।’
प्रहरीले आफ्नो गोपनियता भंग गरेको र भविष्यसँग खेलबाड गरेको भन्दै लामिछानेले सोधेका छन्–‘त्यो कुराको उपचार के हुन्छ ?’
प्रहरीले उनलाई १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।