२६ असोज, २०७९/मनाङ-
दिपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेश ‘ख’ क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिए संगै मनाङ निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार दोर्जेले उम्मेदवारी फिर्ता गर्न बुधबार बिहान निवेदन दिएका थिए ।
प्रकाशित मिति : २०७९ असोज २६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्