
असोज ३०, २०७९/काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको, पारिवारिक स्रोतले जनाएको छ ।
जोशीलाई डेंगु संक्रमणपछि असोज २३ निमोनियाको संक्रमण पनि देखिएको थियो भने शरीरले औषधीको राम्रो रेस्पोन्स गर्न छोडेको थियो । उनी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए ।