शताब्दी पुरुष सत्यमोहन जोशीको निधन



असोज ३०, २०७९/काठमाडौं-                                      शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान जोशीको      ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको, पारिवारिक स्रोतले जनाएको छ ।

जोशीलाई डेंगु संक्रमणपछि असोज २३ निमोनियाको संक्रमण पनि देखिएको थियो भने शरीरले औषधीको राम्रो रेस्पोन्स गर्न छोडेको थियो । उनी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतबार
अरु पनि पढ्नुहोस्