
कार्तिक १६, २०७९/चौरजहारी- रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाले नगर बस संचालन गरि सहिद परिवारहरुलाई निशुल्क सेवा प्रदान गर्दै आएको छ । २०७६ देखि चौरजहारी नगरपालिकाले जिल्लाको सदरमुकाम खलंगा मुसिकोट, चौफा, नुवाकोट र जुम्लेपोखरीमा ५ वटा नगर बस संचालनमा ल्याएको छ ।
“सहिद परिवार कार्ड देखाएर पैसा न तिरेर म माइत आए । नगर बसमा यसरीनै धेरै पटक हिड्ने गरेकी छु,” खोलागाउका सहिद मनोज(मन बहादुर पुन)कि आमा देउरुपा पुनले बताइन । यस्ता अनुभुती धेरै सहिद परिवारका छन । नगरपालिकाले सहिद परिवारका प्रत्येक घरका ५ जना सदस्यका लागि निशुल्क स्वास्थ्य बिमाको ब्यवस्था पनि गरेको छ,” नगरका पुर्व प्रमुख बिशाल शर्माले जानकारी गराए । “यस्ता जनतालाई राहत दिने थप विकासका कार्यक्रम हामिले अरु पनि धेरै ल्याउने योजना छ,” बहालवाला मेयर पुष्प बादीले जनाए ।