काठमाडौंबाट रुकुम जादै गरेको बस त्रिशुलीमा दुर्घटना, १९ घाइते

समाचार

कार्तिक १९/२०७९-धादिङ काठमाडौंबाट पोखरा हुँदै रुकुम काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा दुर्घटना भएको छ । बा ४ ख ५७९० नं को बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार हुँदै छ । गाडी चालकको अवस्था भने गम्भीर रहेको छ ।

साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ। डिएसपी श्याम बहादुर खत्रीका अनुसार गाडी करिब २०० मिटर तल त्रिशुलीमा खसे पनि पानीमा डुबेको छ । दुर्घटनाको कारण भने अझै यकिन भई सकेको छैन ।