कार्तिक २१,२०७९/रुकुम पश्चिम- अर्थ मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले गठबन्धन निर्वाचनका लागि मात्र न भएर समृद्धिका लागि पनि भएको बताएका छन । आइतबार रुकुम पश्चिमको त्रिवेनी गाउँपालिकास्थित सिम्रुतुमा आयोजना भएको बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै नेता शर्माले अबको युग नयाँ भएकोले गठबन्धनका सबै राजनितिक दलहरुले देशलाई समरिद्धी तर्फ लिएर जानकालागि एक जुट हुनु पर्ने बताए ।
“कुन चुनाव चिन्ह भन्ने कुरो ठुलो होईन । नेकपा माओवादी केन्द्रले ३ गुणा बढी ठाउहरुमा रुखमा भोट हाल्दै छन । त्यसैले कहाँबाट को उठयो भन्दा पनि गठबन्धनलाई जिताउने कुरा प्रमुख हो,” उनले जोड दिए । उनले गिरिजाप्रसाद कोईराला र प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर न गरेको भए आज यो अवस्थामा न पुग्ने पनि उल्लेख गरे । यसैगरी नेपाली काङ्ग्रेसका नेता तथा पुर्व राज्य मन्त्री गोपालजी जङ्ग शाहले आफ्ना कार्यकर्ताहरुलाई मंचबाट ईमानदारिता पुर्वक प्रत्येक्षतर्फ माओबादी केन्द्रलाई भोट हाल्न निर्देशन दिए ।”दुधको पोखरीमा एक गिलास पानी हाल्न सकिन्छ भन्ने सोच न राख्नु होला । अहिले गठबन्धन जिताउनु पर्ने सबै सदस्यहरुको कर्तब्य हो । गठबन्धनको जीत पछि थुप्रै बिकासका कार्यक्रम सम्भव छन,” शाहले भने । “देश छोडेर गएको राजा महेन्द्रलाई ल्याएर फेरि शासन सुम्पियौ तर उनले जनताको मनोभावनाको कदर गरेनन । उनका छोरा ज्ञानेन्द्रले पनि सोहि कुरा दोहर्याए । तर जनताले परिवर्तन चहान्छन,” उनले बताए । यसैगरी प्रदेश ख प्रत्येक्ष तर्फका उम्मेदवार राजकुमार शर्माले जनप्रतिनिधि जनताका मालिक न भएर सेवक भएको बताए । अर्का वक्ता तथा माओवादी केन्द्रिय सदस्य गोपाल शर्माले रुकुमलाई समाजबादको नमुना बनाएर अगाडि बढनु पर्नेमा जोड दिनु भयो । नेपाल समाजबादी पार्टीकि नेतृ देवी ओलिले गलत नेतृत्वका कारण पार्टी विभाजन भएको र आफुहरु प्रतिगमनको पक्षमा कहिले न उभिने बतायिन ।
