मंसिर १५,२०७९/काठमाडौं-
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउत आतुर देखिएका छ्न । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन ।
प्रधानमन्त्री देउवाले राउतलाई कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए । जवाफमा उनले आफू सकारात्मक रहेको बताए । नेपाली काङ्ग्रेसका नेता बिमलेन्द्र निधीले सो भेटघाटको वातावरण मिलाई दिएको बताइन्छ । बिहिवारनै राउतले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । खुमलटारस्थित प्रचण्ड निवास पुगेर उनले भेटवार्ता गरेका थिए ।
जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट र प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।
