दिपक मनाङे एकीकृत समाजबादीमा प्रवेश

राजनीति समाचार

मंसिर १९, २०७९/काठमाडौं- स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभामा स्वतन्त्र निर्वाचित मनाङेले सोमबार दिउँसो पार्टी प्रवेश गरेका हुन् । उनी निर्वाचन हुनु अगावै निर्विरोध बिजयी भएका थिए । गण्डकी प्रदेशमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि जितेको छैन ।