चोलेन्द्र राणा महाअभियोग निस्प्रभावी कान्ड: राजनितिक तथा कानुनी वृत्तमा धक्का !

राजनीति समाचार

मंसिर २२,२०७९/काठमाडौं- संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग गुपचुप निष्प्रभावी बनाए पछि राजनितिक तथा कानुनी वृत्तमा ठुलो धक्का लागेको छ ।

गौतमले राणाको निवेदनका आधारमा आफुले त्यो निर्णय गरेको सहज रुपमा बताउदै आए पनि यसलाई संविधान बिपरित भएको बताइएको छ ।
‘कुनै राजनीतिक सरसल्लाहमा लिइएको निर्णय होइन,’उनले बताए पनि ठुलै राजनितिक चलखेल भएको बताइन्छ ।

सो घटना पछि राणा बुधबार दिउँसो सर्वोच्च जाने संकेत पाएपछि नेपाल बारले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका थियो । सो कदमका विरुद्ध अदालतमा रिट पनि परेको छ । नेकपा एमालेका नेताहरु भने यो बिषयमा बोल्न मानेका छैनन । नयाँ सरकार गठनको मुखमा यो घटनाले तरंग ल्याएको छ ।