जाजरकोट जीप दुर्घटना: सबै १२ जनाको मृत्यु

राजनीति समाचार

मंसिर २६, २०७९/जाजरकोट-
जाजरकोटमा भएको जीप दुर्घटनामा सबै १२ जना यात्रीहरुको मृत्युु भएको छ । सोमबार छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो । सुरुमा ९ जनाको घटनास्थलमै र ३ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । उक्त बोलेरो जीप भिरबाटी भन्ने स्थानमा दिउँसो ४:३० बजेतिर करिब ३०० मिटर तल खसेको थियो, प्रहरी निरीक्षक नवीन चुडालीका अनुसार ।
मृतकको नामावली यसप्रकार छ-
१)चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७)राम बहादुर बुढा– छेडागाड ६ जाजरकोट
८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९)देवीसरा बुढा–छेडागाड ५ जाजरकोट
१०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११)निशा अधिकारी–छेडागाड जाजरकोट
१२)जयनाथ अधिकारीलाई- छेडागाड २