काब्रे बेथानचोकमा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्युु !

समाचार

मंसिर २७,२०७९/काब्रे- काब्रेको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन । बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेदमा करिब ६:३० बजेतिर दुर्घटना भएको हो । घाइतेहरुको जिल्लास्थित शिर मेमोरियलमा र धुलिखेल अस्पतालमा उपचारका भई रहेको,डिएसपी ढुंडिराज न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन ।
जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध (छेवर)का लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।
समाचार तयार पार्दा सम्म मृतक तथा घाइतेको पहिचान खुलेको छैन ।