पौष १,२०७९/काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनले शुक्रबार मूल्य घटाएपछि नेपाल आयल निगमले पनि घटाएको हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने घटेको छैन ।
प्रकाशित मिति : २०७९ पुस १ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्