पौष ५,२०७९/काठमाडौं-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आले मगरलाई मातृशोक परेको छ ।
आज बिहान काठमाडौँस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
गृह जिल्ला डोटी बस्दै आएकी ७८ वर्षीया गङ्गादेवीको स्वास्थ्य अवस्थामा समस्या आएपछि काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्त्चाप लगायतको स्वास्थ्य समस्या भएको जनाइएको छ ।
