संसदीय दलको नेताका लागि गगन थापाको मनोनयन दर्ता

राजनीति समाचार

पौष ५,२०७९/काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताको प्रतिस्पर्धाका लागि मनोनयन दार्ता गराएका छन । कांग्रेस सभापति शेर बहादुर देउवा र महामन्त्री थापाले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेका चार जना चर्चित नेताहरूले संसदीय दलमा भने थापाको समर्थन गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा महामन्त्रीमै प्रतिस्पर्धा गरेका मीनेन्द्र रिजाल र प्रदीप पौडेल दलको नेता परिवर्तनका लागि एकजुट भएका हुन ।

महाधिवेशनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेर गगन महामन्त्री विजेता बन्दा विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्री चुनिएका थिए ।

विश्वप्रकाश निर्वाचनको बेलादेखि नै गगनलाई दलको नेता बनाउने पक्षमा उभिए पनि मीनेन्द्र रिजाल अन्तिम समयसम्म शेखर कोइरालालाई बनाउनु पर्ने पक्षमा थिए ।

कृष्ण प्रसाद सिटौला शेरबहादुर देउवाको पक्षमा उभिएका छन ।
संस्थापन इतर समूहबाट शेखर कोइरालाको प्रस्तावमा गगन थापा दलको नेताको उम्मेदवार बन्ने र प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने तयारी हुँदा पार्टी उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले थापाको उम्मेदवारीको समर्थन गरेका छन् । नेपाली राजनीतिमा बुधबार हुन लागेको दल नेताको चयनलाई निकै चासोका साथ हेरिएको छ ।