पौष ६, २०७९/काठमाडौं- लुम्बिनी प्रदेशको बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ बाट निर्वाचित सांसद कृष्णा केसीले सांसद पदको सपथ नखादै जनताका कामका लागि सक्रियता बढाएकी छिन ।
उनी विभिन्न माग रहेका फाइल बोकेर विभिन्न संघीय मन्त्रालयहरुमा धाई रहेकी छिन । यसै क्रममा बुधबार राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित अत्यन्तै बिकट क्षेत्र मानिने खयरभट्टी क्षेत्रमा बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणसंग ३ करोड ४० लाखको बजेट पास गराएकी छिन ।
उक्त बजेटबाट सो क्षेत्रमा २२ कि.मि. ११ के.भि. लाईन, ४.३ कि.मि. बितरण लाईन निर्माण र ३ थान बितरण ट्रान्सर्फमर जडान गरी करीब ४ सय घरमा बिद्युत सप्लाई गर्ने योजना रहेको सांसद नमुनाले जानकारी गराईन । 
