मंसिर ७,२०७९/काठमाडौं-
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार जेष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । जबराले हिजो मात्र सुरुमा सपत लिएका हुन ।
नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय सदस्यहरुले सङ्घीय कानुन बमोजिम शपथ लिएका हुन ।
प्रतिनिधि सभामा २७५ जना सांसद छन् । आज सपत ग्रहण कार्यक्रममा ४ जना सांसद अनुपस्थित थिए ।
