माओवादी केन्द्रको दल नेतामा प्रचण्ड !

राजनीति समाचार


मंसिर ७,२०७९/काठमाडौं-
नेकपा माओवादी केन्द्रले दलका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दल नेता चयन भएका छन् । बिहीवार दिउसो बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भएका छन् । अब दलको उपनेता र सचेतक चयन गर्नु पर्ने छ ।

यसैगरी माओवादी केन्द्रबाट राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।