
पौष ८,२०७९/काठमाडौं-
एक जना विदेशी नागरिक १९ किलो सुनसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
शुक्रबार दिउँसोको फ्लाइटमा फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानका नागरिक मोहम्मद अहमद्लाई पक्राउ गरिएको हो । विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले चेक गर्दा उनी पक्राउ परेको जनाइएको छ ।