पौष १०, २०७९/काठमाडौं-
सरकार गठन गर्ने आज अन्तिम दिन हो । आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिंदै छ ।
प्रधानमन्त्री को बन्ने भन्ने सवालमा ठोस सहमति जुटाउन न सक्दा सरकार गठन प्रक्रिया अन्योलमा छ । विभिन्न श्रोतका अनुसार गठबन्धन दलका पुष्प कमल दाहाल ‘प्रचण्ड’, शेर बहादुर देउबा र माधव कुमार नेपालले आलो पालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । तर सुरुमा प्रधानमन्त्री को बन्ने बिषयमा सम्पुर्ण कुरा अडकिएको छ ।
हरेक सरकार गठनमा प्रमुख भुमिका खेल्दै आएको माओवादी केन्द्रले सुरुवाती चरणको सरकारको नेतृत्व आफुले पाउनु पर्ने जायज भएको दाबी गर्दै आएको छ । आज बिहान दस बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन को बैठक बस्दै छ । हिजो राती अबेर ८ बजे सम्म गठबन्धनको बैठक बसे पनि सहमति हुन सकेन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न दलहरूलाई पुस ३ मा ७ दिनको समय दिएकी हुन ।
