प्रचण्ड नयाँ गठबन्धनबाट प्रधानमन्त्री !

राजनीति समाचार

पौष १०,२०७९/काठमाडौं- पुष्प कमल दाहाल ‘प्रचण्ड’ नयाँ गठबन्धनकाबाट प्रधानमन्त्री बन्ने भएका छन । आइतबार सरकार निर्माणको समय सिमा सकिन लागेपछिको बालुवाटारको अन्तिम बैठकमा पनि काङ्ग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री न छोडने अडान राखेपछि प्रचण्डको नेतृत्वमा एमालेसँगको सरकार बन्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आगामी ५ वर्षे कार्यकालमा आलो पालो नेतृत्व गर्ने भएका छन् ।

नयाँ सरकारमा नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जादै छन ।

यसैबीच अन्य मुख्य पदहरुमा अन्तिम टुंगो लागी नसकेको बताइएको छ ।