प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री !

राजनीति समाचार


पौष १०,२०७९/काठमाडौं- पुष्प कमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालका ४४ औं प्रधानमन्त्री बनेका छन । आजै नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आज सरकार निर्माणको अन्तिम दिन, राजनीतिक कोर्सले नयाँ मोड लिएको हो । गठबन्धनको सरकारको सम्भावना टरेपछी एमाले सहितको नयाँ सरकार बन्न लागेको छ । नयाँ सरकारमा ८ राजनितिक दलहरुको सहभागिता रहेको छ; जसमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति रहेका छन । उनलाई १६९ सांसदको समर्थन रहेको छ ।