पौष १२,२०७९/काठमाडौं-
नयाँ सरकार गठनसँगै कोभिड–१९ को समयदेखि बन्द रहेको रसुवागाढी नाका चिनले खुला गरेको छ ।
मंगलबार देखि खुला गरिएको रसुवा भन्सार महामारी यता लामो अन्तरालपछी खुलेको हो ।
नाका खुलेको पहिलो दिन आज नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जनाएका छन ।
रसुवाको उक्त भन्सार २०७६ माघ १५ देखि नै बन्द थियो ।
