पुष १३, २०७९/काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल ‘दाहाल’लाई भेट्न् उनको निवास खुमलटार पुगेका छन । सत्ता साझेदारी, केन्द्र तथा प्रदेशको मन्त्री परिषद बिस्तार लगायतका बिषयमा छलफल गर्न ओलि त्यहाँ पुगेका हुन । यसअघि बिहान प्रचण्ड आफ्नो नातेदारको निवास रहेको ललितपुरको हात्तिबनमा माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसंग भेटघाट गरेका थिए । एकीकृत समाजबादीलाई सरकारमा सहभागी गराउने चर्चा चलेको बेला बिहान सो भेटघाट भएको छ ।
