पुष १३, २०७९/काठमाडौं-
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन । रुकुम पश्चिम प्रदेश सभा २ बाट निर्वाचित शर्माले अब दल नेता बनेसंगै प्रदेशको मुख्यमन्त्रीको दौडमा प्रवेश पाएका हुन । सुर्खेतबाट निर्वाचित सोही दलका अर्का नेता बिन्दमान बिष्टले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए ।
पार्टी प्रदेश समन्वय समितिकाे बैठकबाट शर्मा संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकाे पार्टी प्रदेश इन्चार्ज काली बहादुर मल्लले जानकारी गराए ।
राष्ट्रिय राजनितीमा गठबन्धन तोडिएसंगै आलो पालो मुख्यमन्त्रीका अर्का दाबेदार काङ्ग्रेस तर्फबाट बहालवाला मुख्यमन्त्री जीवन शाहीको सम्भावना सकिएको छ । तसर्थ माओवादीका पोलिट ब्युरो सदस्य समेत रहेका शर्मा पहिलो चरणको मुख्यमन्त्री हुने कुरा पक्का भएको छ । जनयुद्ध कालमा उनको कार्यक्षेत्र साबिकको कर्णालीनै थियो ।
