झापाका निराजन पाण्डेको हृदय विदारक मृत्यु !

राजनीति समाचार

पुस १५,२०७९/कम्बोडिया-
झापा बिर्तामोडका निराकर पाण्डेको कम्बोडियास्थित पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर निकै हृदय बिदारक तरिकाले ज्यान गुमेको छ ।

रोजगारीका सिलसिलामा थाइल्यान्ड पुगेका पाण्डे घुम्न भनेर कम्बोडिया पुगेका थिए । होटेलमा आगलागी भएपछि उनी भाग्न असफल भई, १२ तलामाथी फसेपछि त्यो दुखद घटना घटेको थियो ।
यसै दौरान उनले आफ्ना दाजु निरज पाण्डे र परिवारका सदस्यहरूसंग ४ घन्टा भिडिओ कलमा कुराकानी गरे ।

उनी कान्छा भाई निराजनको बिहेपछि थाइल्यान्ड गएका थिए ।

‘कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राती ११ बजे म, मेरी श्रीमती र आमा काठमाडौंको सुकेधारामा उसको परिवार बसिरहेको ठाउँमा पुग्यौं,’उनका दाजु निरजले भने ।
परिवारले हिम्मत न हार्न भन्दै पर्यटकीय सहर भएकोले छिटो उद्धार हुने आशा गर्दै उनलाई सम्झाएको थियो । मृतकले आफ्नो छोरालाई नैतिकवान बन्न भने । ‘छोरा तिमी मेरो आखाको नानी हौं,कहिले चिट न गर्नु,’ उनले भने ‘बाबा अल्वेज लब्स यु’। र अन्तिममा केहि सीप न लागेपछि उनले १२ तलाबाट हाम फालेका थिए ।