प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिदै !

राजनीति समाचार

पुस १८, २०७९/काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहि पुस २६ गते संसदमा विश्वासको मत लिदै छन ।

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिनलाई संसदको कार्यसूचीमा राख्न पत्र पठाई सकेको संसद सचिवालयले जनाएको छ ।

काङ्ग्रेस सहितको गठबन्धनमा सहमति नमिलेपछि उनी एमालेसंग ८ दलिय समर्थनमा प्रधानमन्त्री बनेका हुन । संविधान अनुरुप प्रधानमन्त्री बनेका व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यहि पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्दै छ ।