प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग वर्तमान अर्थतन्त्र बारे चासो

राजनीति समाचार

पुस २०, २०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्र र अब गर्नु पर्ने सुधार विषयबारे छलफल गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीको विषयमा दुबै जनासँग जिज्ञासा राखेका थिए।

प्रधानमन्त्रीले ब्याजदर घटाउन र तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्ने बताएको, सचिवालयले जानकारी गरायो।

उनले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न निर्देशन दिए ।