पुस २१, २०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन। प्रधानमन्त्रीले बिहिवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उपप्रधानमन्त्री, मुख्यसचिव, वाणिज्य सचिवसहित भएकाे छलफलपछि आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्राेल, डिजेल तथा हवाई इन्धनको मूल्यमा कटौती गर्न निर्देशन दिएका हुन।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न भनेको,सचिवालयले जानकारी गराएको छ।
