राजनीतिक मामिलासम्बन्धी अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपालमा

राजनीति विश्व समाचार


पुस १५,२०७९/काठमाडौं-
कूटनीतिज्ञ तथा राजनीतिक मामिलासम्बन्धी अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आइपुगेकी छन् ।
नुल्यान्ड आइतबार साझ काठमाडौं दुई दिने भ्रमणका लागि आएको अमेरिकी दूतावास श्रोतले जनाएको छ ।

भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने तालिका रहेको छ ।

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् ।
‘नेपालमा स्वागत गर्न पाउँदा हामी सम्मानित बनेका छौँ । सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी हाम्रा दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ,’ दूतावासले आफ्नो फेसबुक पेजमा लेखेको छ ।

३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उप-विदेशमन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकार अन्तर्गत थुप्रै उच्च पदहरूको जिम्मेवारीको अनुभव लिई सकेकी छन ।

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको नयाँ सरकार बने यता अमेरिकी कूटनीतिज्ञको यो पहिलो भ्रमण हो ।