पुस २४,२०७९/काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ नेपाल आयल निगम सञ्चालक समितिले बैठक बसी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाएको हो । यसैगरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँले घटेको निगमले जनाएको छ । यद्यपि खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको छ ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए ।
सो निर्णय आज राति १२ बजे देखि लागू हुनेछ ।

